Sagun Khabar
कञ्चनपुरको क्षेत्र नम्बर ३ मा लेखक निकट प्यानल विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर– नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य रमेश लेखक निकट प्यानल विजयी भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा लेखकको प्यानलसँग अर्का नेता एनपी साउदको प्यानल पराजित भएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा लेखक निकटका नेता केशवबहादुर चन्द वियजी भएका छन् । 

उनले ३३० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी एनपी प्यानलका गणेश नेगीले १९३ मत मात्रै प्राप्त गरे । सचिवमा लेखक प्यानलकै नेता गंगादत्त भट्ट (३०१), उमेश प्रशाद जोशी (३०७), सहसचिव अर्जुनदत्त भट्ट (३४६), खडक बहादुर बस्नेत (३१९) निर्वाचित भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update