Sagun Khabar
कांग्रेस महाधिवेशन : कञ्चनपुर क्षेत्र नं २को सभापतिमा सिंह प्यानल सहित विजयी 

कञ्चनपुर –नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा लालबहादुर सिंह निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय सदस्य एनपी साउँद निकट प्यानलका सिंहको समूहले पदाधिकारीसहित क्षेत्रीय सदस्यहरुमा बहुमत प्राप्त गरेको छ । 

३ सय ४१ मत ल्याएर सिंहले बिजय प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नवराज जोशीले १ सय ५७ मत ल्याए । जोशी कांग्रेसका अर्का केन्द्रिय सदस्य लेखक निकटका नेता हुन् ।  

स्वास्थ्य सन्देश
Atrya hospital

सिंह प्यानलबाट सचिवका उम्मेदवार गणेशबहादुर विष्ट ३ सय ५० र थानेश्वरप्रसाद भट्ट ३ सय ३१ मत ल्याएर विजयी भएका छन् । जोशी प्यानलका सचिवका उम्मेदवार घनश्याम जोशीले १ सय ३० र नारायण साउँदले १ सय ३१ मत मात्र ल्याउन सके ।  

सहसचिवमा सिंह प्यानलका काशीराम भाट ( ३१४) र रमेशप्रशाद भट्ट (२७६) मत ल्याएर विजयी भए भने जोशी समूहका जयबहादुर ऐरले  १ सय ८२ र प्रदीप खड्काले १ सय ५० मत मात्र ल्याउन सके । महाधिवेशन प्रतिनिधिमा पनि साउँद प्यानलको बर्चस्व रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update