Sagun Khabar
एसियाली छनोट प्रतियोगितामा कुवेतमाथि नेपालको शानदार जित

आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन विकेट लिए ।

स्वास्थ्य सन्देश
Atrya hospital
 

२८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालकी ओपनर सीता रानामगर शून्यमा आउट हुँदा अविजित रहँदै रुविना क्षेत्रीले १२ र इन्दु बर्माले १३ रन बनाए ।

नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update