Sagun Khabar
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट : बैतडीको टोली छनौट 

बैतडी –प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । 

टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र भावना जोशी रहेका छन् ।  यस्तै, पिङ्की बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी विक, जानवी मौनी र ईश्वरी भण्डारीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

मंसिर १० गतेदेखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिए । छनोट भएका खेलाडीहरुका लागि यही मङ्सिर १५ गतेदेखि देहिमाडौँमा बन्द सत्र सञ्चालन गरिने जनाइएको छ । 

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट मङ्सिर २० गतेदेखि धनगढीमा सञ्चालन हुनेछ ।  प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय  टोली बनाइनेछ । उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । 

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २७ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update