Sagun Khabar
यु–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जित, फाइनलमा पुग्ने सम्भावना

काठमाण्डौं –काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम तेस्रो जित हात पारेको छ । बुधबार मूलपानी मैदानमा भएको प्रतियोगिताको १८औँ खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई ६ विकेटले पराजित गरेको हो । यो सँगै सुदूरपश्चिमले फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले अंकित सुवेदीको ६१ रनको शानदार अर्धशतकीय इनिङका बाबजुत ९० रन मात्रै बनायो ।  सुवेदीबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चिमका लागि शेर मल्लले ४ तथा नरेन्द्र साउदले ३ विकेट लिँदा कैला एरीको नाममा २ विकेट रह्यो । ९० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमको सुरुवात खराब भए पनि पछिल्लो क्रममा सम्हालिँदा ३१ ओभरमै लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो ।  

उसका लागि वसन्त कार्की र अर्जुन साउदले पाँचौँ विकेटका लागि ७१ रनको अविजित साझेदारी गरे । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update