Sagun Khabar
बैतडीको पञ्चेश्वरमा भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार १ लाख १० हजार 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकामा भलिबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ गते देखि ८ गते सम्म चौथो अध्यक्ष कप जिल्ला स्तरीय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा जिल्लाभित्रका संघ सस्था र विद्यालयहरुले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख १० हजार १ सय १ रुपैया, कप मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र, तृतीय पुरुस्कार ५० हजार १ सय १ रुपैया कप, मेडल र प्रमाणपत्र राखिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसैगरी सान्त्वना पुरुस्कार ३० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाद्धारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।  प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय  खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् । 

टिमदर्ता ५ हजार १ सय रुपैया तोकिएको छ । पुस ३ गते ५ बजे भित्र टिम दर्ता गरिसक्नु पर्ने छ । उक्त प्रतियोगिता पञ्चेश्वर ३ को कुलाउमाविको खेलमैदानमा आयोजना हुने छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update