Sagun Khabar
पीएम कप महिला क्रिकेट : बैतडीको उत्कृष्ट शुरुवात, डोटी १ सय ७९ रनले पराजित

बैतडी –प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्र्तगत बैतडीले उत्कृष्ट शुरुवात गरेको छ । आज सम्पन्न खेलमा बैतडीले डोटीमाथि १ सय ७९ रनको जित निकाल्दै प्रतियोगिताका उत्कृष्ट शुरुवात गरेको हो ।

बैतडीले दिएको २ सय ५ रनको बिशाल लक्ष्य पछ्याएको डोटीको १२.१ ओभरमा २५ रनमा अलआउट भयो । उसका लागि कुनै पनि ब्याट्सओमनले दोहोरो अंकको रन बनाउन सकेनन् । अनिषा शाहले सर्वाधिक ९ रन बनाईन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

डोटीको पारी ध्वस्त पार्ने क्रममा बैतडीकी कप्तान रितु कनौजियाले ४, पूजा कार्कीले ३ विकेट हात पारेका स्कोरर नुरैन अन्सारीले जानकारी दिए ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको बैतडीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ४ रन जोड्यो । विशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा बैतडीका संगिता मौनी र भावना जोशीले अर्धसतकीय पारी खेले । संगिताले ५६ रन जोडिन् भने भावना ६१ रनमा नटआउट रहिन् ।

डोटीकी रजनी केसी र करिश्मा खड्काले एक÷एक विकेट हात पारिन् । आजदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका टोली सहभागी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update