Sagun Khabar
नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानमा सन्दीप, ज्ञानेन्द्र र दीपेन्द्र पदमुक्त 

काठमाण्डौं –नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । 

आज बुधवार बसेको क्यानको बोर्ड बैठकले मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । खेलाडी आचारसंहिता उल्लङ्घन गरेको भन्दै क्यानले यस्तो निर्णय गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसैबीच क्यानले टिमको नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । 

‘नेपाल क्रिकेट सङ्घले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफरिसअनुसार खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार खेलाडी– ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोपपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ’, क्यानले आज बुधवार निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update