Sagun Khabar
१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा नेपालद्वारा भुटान पराजित, नेपाल फाइनल नजिक
फाइल फोटो

काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ ।

बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

नेपालले पहिलो खेलमा आयोजक बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० गोलले हराएको थियो । बङ्गलादेशको पनि तीन खेलमा सात अङ्क छ । नेपालले भोलि भारतसँग खेल्नेछ । भारतको तीन खेलमा ६ अङ्क छ ।

भोलि भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्नेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भुटान, भारत र श्रीलङ्का सहभागी छन् । फाइनलमा पुग्ने शीर्ष दुई टोलीले उपाधिका लागि ६ गते मङ्गलवार खेल्नेछन् । सन् २०१८ मा भएको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update