Sagun Khabar
बैतडीका पत्रकार बिष्ट ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

बैतडी– बैतडीमा लामो समयदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका पत्रकार विनोद सिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता  विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै  खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।  

स्वास्थ्य सन्देश
Atrya hospital

विष्टलाई आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले  नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका हुन् । 

मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो । 

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् । उक्त पुरस्कारले खेलकुदको विकास र विस्तारमा कलम चलाउन उर्जा बढेको  बताउदै सम्मानित भएका पत्रकार विष्टले पत्रकारिता क्षेत्रमा लागिरहन प्रोत्साहन मिलेको बताए । 

सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका गरि १० जनालाई सम्मान गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update