Sagun Khabar
बैतडीको पञ्चेश्वरमा जारी भलिबलमा आज ५ खेल सम्पन्न 

बैतडी –बैतडीको पञ्चेश्वर गाउपालिकामा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिातामा आज पाँच खेल सम्पन्न भएका छन् । आज भएका खेलमा मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, कुलाउ मावि, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाले जित हात पारेको खेल संयोजक सागर भण्डारीले जानकारी दिए । आज बिहान मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबीच भएको खेलमा मेलौलीले जित हात पारेको छ । पहिलो सेट सुर्नयाले २२ –२५ ले आफ्नो पक्षमा पारेपछि दोश्रो र तेश्रो सेट मेलौलीले २० – २५ र १३ –२५ ले नतिजा आफ्नो पक्षमा पारेका हो ।

यसैगरी पञ्चेश्वर गाउँपालिका बी र दशरथचन्द नगरपालिकाबीच भएको खेलमा दशरथचन्द नगरपालिकाले जित हात पारेको हो । १९–२५, १८–२५ को सोझो सेटमा दशरथचन्द नगरपालिकाले जित हात पारेको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसैगरी कुलाउ मावि र युवा जागरणमञ्च मेलौली बी बिच भएको खेलमा कुलाउ माविले जित हात पारेको छ । पहिलो सेट १७ –२५ ले जनजागरणले जित हात पारेको थियो । त्यसपछि १९–२५ र २२–२५ ले कुलाउ माविले जित हात पार्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

यसैगरी आजै सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा बिच भएको खेलमा सुर्नयाले जित हात पारेको छ । पहिलो सेट सुर्नयाले  १५–२५ ले जितेको थियो । दोश्रो २०–२५ ले पाटनले र तेश्रो सेट २५–२७ ले सुर्नयाले जित्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

यसैगरी सिगास र पञ्चेश्वर गाउपालिका बी बिच भएको खेलमा सिगासले जित हात पारेको छ । सिगास गाउपालिकाले १९–२५ र १४–२५ को सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारेको रेफ्री हिमाल बिष्टले जानकारी दिए । यसका साथै लगातारको दुई हारसँगै पञ्चेश्वर गाउँपालिका बी जारी प्रतियोगिताबाट बाहिरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update