Sagun Khabar
सेन्ट्रल जाेन भलिबल : नेपाली महिला टाेलीले श्रीलङ्कालाई हरायाे

 बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ ।

डिफेन्डिङ च्याम्पियन नेपालले श्रीलङ्कालाई तीन–दुईको सेटमा हरायो । लगातार दुई सेटमा पराजय भोगेको नेपाली टाेलीले पछिल्ला तीन सेट जित्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट २१–२५ ले गुमाएकाे थियो । तर तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै नेपालले खेलमा फर्कने सङ्केत गरेको थियो । चौथो सेट पनि २५–१९ ले नेपालले जितेपछि खेलको नतिजा अन्तिम पाँचौँ सेटबाट निकाल्न परेको थियो । पाँचाैँ सेट नेपालले १५–१३ ले जित्याे ।

यस्तै आजै बेलुका पौने ५ बजे पुरुष टोलीले आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् । 

-उज्यालो 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update