Sagun Khabar
बैतडीको पञ्चेश्वरमा भएको भलिबल प्रतियोगिताको उपाधि मेलौलीलाई 

बैतडी –बैतडीको पञ्चेश्वरमा सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । आज भएको फाइनलखेलमा सिगासलाई ३–२ को सेटले पराजित गर्दै मेलौलीले उपाधि हात पारेको हो । 

उपाधिसंगै मेलौलीले १ लाख १० हजार १ सय १ रुपैया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सिगासले ७५ हजार १ सय १ रुपैया कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

मेलौली दशरथचन्द नगरपालिकालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सिगास पञ्चेश्वर गाउँपालिकालाई हराउदै फाइनलमा पुगेको हो । 

यसैगरी मेलौली नगरपालिकासँग पराजित भएको दशरथचन्द नगरपालिका तृतिय भएको छ । उसले तृतीय स्थानका लागि पञ्चेश्वर गाउँपालिकासँग भिडन्त गरेको थियो । पञ्चेश्वर गाउपालिकालाई दुई एकको सेटमा हराउदै दशरथचन्द नगरपालिका तृतीय भएको हो । तृतीय स्थान हासिल गरेको दनपाले ५० हजार १ सय १ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हासिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यहि पुस ५ गते बाट शुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update