Sagun Khabar
पीएम कप सुदूरपश्चिम छनौट : खेलतालिका सार्वजनिक 

बैतडी – प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेलतालिका सार्वजनिक गरिएको छ ।  शुक्रबार सार्वजनिक खेलतालिकाअनुसार छनौट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु हुने भएको हो ।  

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  समूह ए मा अछाम,डडेल्धुरा,कञ्चनपुर र दार्चुला रहेका छन् । यस्तै समूह बी मा बैतडी,कैलाली,बझाङ र डोटी रहेका छन् ।   

स्वास्थ्य सन्देश
Atrya hospital

प्रतियोगिता अन्र्तगत पुस १४ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा भिड्दा दोस्रो खेलमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ ।  पुस १५ गते अछाम र डडेल्धुरा प्रतिस्प्रर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र दार्चुला भिड्नेछन् । पुस १६ गते पहिलो खेलमा दार्चुला  र डडेल्धुरा आमनेसामने हुँदा दोस्रोमा कञ्चनपुर र अछामबीच खेल हुनेछ । पुस १७ गते बैतडी र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्प्रर्धा गर्ने  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।  

यसका साथै पुस १८ गते पहिलो खेलमा कैलाली र  डोटी भिड्दा दोस्रोमा बैतडी र  बझाङ आमनेसामने हुनेछन् । पुस १९ गते कैलाली र बैतडीबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटी मैदान उत्रनेछन् ।  

सहभागीमध्ये शिर्ष दुईमा पुग्ने टोलीबीच पुस २० गते फाइनल भिडन्त हुने जनाइएको  छ ।  प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।  नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता  पुस २५ गतेदेखि काठमाडौंमा हुदैंछ ।  
 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update