Sagun Khabar
सुदूरपश्चिमलाई पराजित गर्दै प्रदेश- १ प्रधानमन्त्री कपको फाइनलमा

कैलाली – प्रदेश १ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेको छ । घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै  प्रदेश १ फाईनल पुगेको हो । सुदूरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा भेट्टाएको छ ।

प्रदेश १ ले १६ दशमलब ५ ओभरमा विजय लक्ष्य पुरा गरेको हो ।  पहिलो विकेटका लागि ओपनरद्धय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरिन् ।  अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाईन् । कविता जोशीको बलमा बोल्ड भएकी काजलले टीमका लागि २८ रन बनाईन् । रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित ९ रन बनाईन् । सुदुरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिईन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यसअघि सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले सामान्य योगफल मात्रै बनायो । ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनाएको थियो । सुदुरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाईन् ।  कप्तान रितु कनौजियाले २५ रन बनाईन् ।  त्यस्तै डल्ली भट्टले १२ रन बनाईन् ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योती दनवारले समान एक विकेट लिईन् । खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भईन् । 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update