Sagun Khabar
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : बैतडीका खेलाडीको बन्द प्रशिक्षण शुरु 

बैतडी –प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ । मेलौली क्रिकेट मैदानमा खेलाडीहरुका लागि प्रशिक्षण शुरु भएको हो । प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न बन्द प्रशिक्षण शुरु भएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए । 

बन्द प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ । हालै देहिमाण्डौमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आधारमा उनीहरूलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । 

बन्द प्रशिक्षणका लागि छनौट भएका खेलाडीमा दीपक बोहरा, डम्बर बुडाल, वीरेन्द्र नाथ, प्रदीप चन्द, सुनिल चन्द, लोकेन्द्र चन्द, राजु भाट, जगदीश चन्द, गोपी नाथ, नरेन भट्ट, जयराम भट्ट, भुपेन्द्र चन्द, प्रशान्त कार्की र दीपेन्द्र जोशी रहेका छन् । 

यस्तै वसन्त भट्ट, राम चन्द, महेश जोशी, धीरु मल्ल, श्याम साउद, मदन चन्द, ऋषिकेश बोहरा, आकाश चन्द, गजेन्द्र बोहरा, प्रेम बुडाल, खडक बोहरा, सुरेन्द्र चन्द, हिक्मत महरा र लक्ष्मण महरा पनि बन्द प्रशिक्षणका लागि छनौट भएका छन् ।  प्रदेशस्तरीय छनौट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुँदैछ । 

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौँमा हुँदैछ । 

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update