Sagun Khabar
सेन्ट्रल जाेन भलिबल : नेपाली महिला टोलीको लगातार पाँचौँ जित, फाइनलमा उज्वेकिस्तानसँग खेल्ने

काठमाण्डाै – एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पनि नेपाली महिला टोली विजयी भएको छ । 

बङ्गलादेशको ढाकामा आज साेमवार भएको खेलमा नेपाली महिला टोलीले किर्गिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो । नेपालले किर्गिस्तानलाई २५–८, २५–१४ र २५–१७ को सेटमा हराएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपालले यसअघि श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो । नेपाली महिला टोली अपराजित रहँदै फाइलनमा पुगेको छ ।

उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्नेछ । आज उज्वेकिस्तानले श्रीलङ्कालाई हराएर फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update