Sagun Khabar
एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि नेपाली महिला टाेलीले जित्याे

काठमाण्डाै – नेपाली महिला टाेलीले एभीसी सेन्ट्रल जाेन भलिबलकाे उपाधि जितेकाे छ । आज मङ्गलवार उज्वेकिस्तानलाई तीन–दुईकाे सेटमा हराउँदै नेपालले उपाधि जितेकाे हाे । 

बङ्गलादेशकाे मिरमुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएकाे खेलमा नेपालले पहिलाे सेट २५–२४ ले जित्याे । यस्तै दाेस्राे सेटमा बङ्गलादेश २५–२४ ले विजयी भयाे ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यस्तै तेस्रो सेट नेपालले २५–१५ ले जित्दा चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्याे । याेसँगै खेल २–२ काे अवस्थमा पुग्याे । 

त्यसपछि पाँचौँ सेट नेपालले १५–१० ले जित्दै उपाधि जितेकाे हाे । यस संस्करणमा नेपाल अपराजित रहँदै उपाधि हात पार्न सफल भयाे । 

नेपाल गएकाे संस्करणकाे पनि विजेता हाे । 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update