Sagun Khabar
प्रधानमन्त्री कप टी -२० क्रिकेट प्रतियोगिता सुरु हुँदै : आज चार वटा खेल हुने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार वटा खेल हुनेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश खेल्नेछन् । यस्तै कीर्तिपुरमै हुने दोस्रो खेलमा  सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ क्लब र प्रदेश नम्बर २ को टोली खेल्नेछन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

मूलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा  दोस्रो खेल वाग्मती प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । समूह 'ए' मा आर्मी क्लब, पुलिस क्लब, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।

यस्तै समूह 'बी' मा एपीएफ क्लब, वाग्मती प्रदेश, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

-उज्यालो 

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update