Sagun Khabar
साइप्रसमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट, नाम ‘डेल्टाक्रोन’

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ साइप्रसमा भेटिएकाे छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्ट भएकाले वैज्ञानिकहरुले साे भेरिएन्टकाे नाम ‘डेल्टाक्रोन’ दिएका छन् ।

डेल्टाक्रोनबाट २५ जना संक्रमित भइसकेकाे बताइएकाे छ । जसमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखा परेकाे युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले बताए ।

जनवरी ७ मा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो । जीआइएसएआईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ । नयाँ भाइरसबारे थप अनुसन्धान भइ रहेको बताइएको छ ।

#ईमेजखबर#

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update