Sagun Khabar
बैतडीमा टि–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाललाई, एनआरवाइसी पराजित 

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका ११ मा सम्पन्न एनआरवाइसी टि–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक एनआरवाइसी टीमलाई ६ विकेटले पाखा लगाउदैं कैलपालले उपाधि हात पारेको हो ।

एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले ९.१ ओभरमा ४ विकेट गुमाउदै पार गर्यो । जसमा ओपनर प्रदीप चन्दले अर्धसतकीय पारी खेल्दै नटआउट ७३ रन जोडे । यस्तै अर्का ओपनर राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए । एनआरवाइसीका लागि कप्तान मदन चन्दले २ विकेट हात पारे ।

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि बगलेखान खेलमैदानमा पहिला ब्याटिंग गरेको एनआरवाइसीले निर्धारित १० ओभरमा ३ विकेटको क्षतिमा ११८ रन जोड्यो । उसका लागि राम चन्दले सर्वाधिक ६४ रनको योगदान गरे । कैलपालका लागि महेश चन्द र गोेविन्द नाथले एक एक विकेट हात पारे । म्यान अफ द फाइनल कैलपालका प्रदीप चन्द भएका स्कोरर मुकेश चन्दले बताए ।

उपाधिसंगै कैलपालले २० हजार पुरस्कार हात पारेको छ भने उपविजेता एनआरवाइसीले १० हजारमा चित्त बुझायो ।यसैबीच प्रतियोगिताभर २२० रन बनाउदैं २ विकेट हात पारेका कैलपालका प्रदीप चन्द म्यान अफ द सिरीज भए । उनले २ हजार पुरस्कार पाए । यस्तै १९५ रन बनाउन सफल कैलपालकै राजु भाट बेस्ट ब्याट्सम्यान, ९ विकेट पारेका एनआरवासीका रिसिकेश बोहरा बेस्ट बलर र एनआरवाइसीकै रोहित चन्द उदयीमान खेलाडी चुनिए ।

नागार्जुन रणसैनी युवा क्लव बठ्ठा (एनआरवाईसी) को आयोजनामा गत पुस २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको आयोजक नागार्जुन रणसैनी युवा क्लवका अध्यक्ष विरेन्द्र चन्दले बताए ।

विजेता र उपविजेता टिम र खेलाडीलाई जिल्ला समन्वय समिति सदस्य रमेश बोहरा, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्द, बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशी, निर्माण व्यावशायी संघका अध्यक्ष सुरेशबहादुर चन्द, नेपाली कांग्रेस क्षेत्र नम्बर ख का क्षेत्रिय सचिव धनबहादुर क्षेत्रीलगायतले पुरस्कार वितरण गरे ।
 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update