Sagun Khabar
महेन्द्रनगर बारको अध्यक्षमा जोशी निर्विरोध चयन 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –उच्च अदालत बार एसोसिएशन महेन्द्रनगरको अध्यक्षमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा जगबहादुर चौधरी, सचिवमा बीरबहादुर विष्ट, सहसचिवमा त्रिपुरेश्वरी भट्ट र कोषाध्यक्षमा कृष्णदत्त जोशी निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै  सदस्यहरुमा प्रेमबहादुर चन्द, रोसनलाल चौधरी, बामदेव जोशी र रेवती जोशी निर्विरोध निर्वाचित भएका अध्यक्ष जोशीले बताए । 

आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने अध्यक्ष जोशीले बताए । उनले भने ‘साथीहरुले गरेको निर्णय अनुसार अध्यक्षमा चयन भएको छ । मिहनेत र लगनशीलताका साथ पदीय दायित्व निर्वाह गर्नेछु ।’
 

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update