Sagun Khabar
कञ्चनपुरमा थप ११ जना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा  उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले बताए ।

उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ जनाको उपचार भइरहेको छ । अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन नसकेको उनले बताए ।

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update