Sagun Khabar
कञ्चनपुरमा प्रेसको ज्याकेट लगाएर लागु औषध ओर्साने एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर – कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूरखबर प्रेस लेखेको ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोईन नामक लागुऔषध ल्याएको शसस्त्र प्रहरीले बताएको छ । उनीसंग सुदूरखबरको परिचय पत्र समेत रहेको छ ।

उनको साथबाट २ थान मोवाईल, एक थान क्यामेरा, ५ थान बैँकको चेक,  एक थान एटीएम, एक थान पश्चिम नेपाल दैनिकको पास, यू.एन ट्रेड कन्सर्नको नाममा रहेको ब्लूबुक बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ
 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update