Sagun Khabar
बैतडीमा निर्वाचनको तयारी पूरा 

बैतडी – भोलि हुने निर्वाचनको बैतडीमा सबै तयारी पूरा भएको छ । जिल्लाका सबै ठाउँमा निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । जिल्लाका २०५ ओटै केन्द्रमा भोलि हुने निर्वाचनको तयारी पूरा भएको उनले बताए । 

जिल्लामा निर्वाचनको सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई उनले आग्रह गरे । भोलि बिहान ७ बजेदेखि मतदानमा सरीक भई आफ्नो मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृत कार्कीले आग्रह गरे । 

जिल्लाका सबै ठाउँमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेकाले निर्धक्क र भयरहित वातावरणमा मतदान गर्न जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले आग्रह गरे । 

जिल्लाका सबै ठाउँमा निर्वाचन सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएका उनले बताए । जिल्लामा स्थानीय निर्वाचनका लागि २ हजार बढी सुरक्षाकर्मी खटिएका छन् । जिल्लामा १ लाख ४० हजार २०१ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update