बैतडी –बैतडीको सतबाँझस्थित नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही मारमा परेका छन् । बिहीबार बिहानैदेखि टावरले काम गर्न छोडेपछि भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
निर्वाचनको मुखमै टेलिकमको सेवा अवरुद्ध भएपछि सेवाग्राही निराश भएका छन् । पाटनदेखि सतबाँझ सम्मको एरीयामा अप्टिकल फाइबरमा समस्या देखिएकाले टेलिकमको सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले बताए । टेलिकमको अवरुद्ध भएको सेवा सुचारु गर्ने प्रयास भईरहेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ १८:१७
प्रतिक्रिया दिनुहोस्






