बैतडी –देशभरजस्तै स्थानीय तहका जनप्रतिनिधि छान्नका लागि बैतडीमा पनि मतदान शुरु भएको छ । जिल्लाका २ सय ५ ओटै मतदान केन्द्रमा मतदान प्रक्रिया शुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।
मतदानका लागि आवश्यक सबै व्यवस्था गरिएकाले निर्धक्कसंग मतदान गर्न उनले आग्रह समेत गरे । जिल्लामा मतदानका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएकाले मतदानमा सहभागि भएर आफ्नो मताधिकार प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गरे ।
बैतडीमा ४ सय ४० जना जनप्रतिनिधि छान्नका लागि निर्वाचन भईरहेको छ । १४ सय बढी उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् । साँझ ५ बजेसम्म मतदान गर्न पाइने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ०७:०५
प्रतिक्रिया दिनुहोस्






