बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला

बझाङ –बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल–८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।
जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको बताइएको छ ।
दुवै ठाउँमा नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ०७:५१
प्रतिक्रिया दिनुहोस्