Sagun Khabar
बैतडीमा ११३ बर्षीया वृद्धाले गरिन् मतदान 

बैतडी –बैतडीमा ११३ बर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट सोही ठाउँकी मानमती भट्टले मतदान गरेकी हुन् । 

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्दघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । 

देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस भनेर आफूले मतदान गरेको भट्टले बताइन् । उनले भनिन् ‘मैले धेरै चुनावमा भोट हालेकी छु । हाम्रो गाउँठाउँको विकास होस, भविष्यका सन्ततीहरुले राम्रो वातावरण पाउन भनेर भोट हालेकी हुँ ।’

बैतडीमा ४ सय ४० जनप्रतिनिधि छान्नका लागि मतदान भईरहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update