Sagun Khabar
बैतडीमा ६० हजार रकम सहित एमालेका कार्यकर्ता  पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी– बैतडीमा मत किनिरहेका नेकपा एमालेका कार्यकर्ताहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको  छ । जिल्लाको मेलौली नगरपालिका –३ ढडौनमा स्थानीयहरुलाइ पैसा बाँडिरहेका  श्यामसिंह भण्डारी र मोहन भाटलाई गोप्य सूचनाको  आधारमा सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रमुख डीएसपी गणेश शाहले जानकारी दिए ।

उनका अनुसार  आज बिहान ३ बजेको  समयमा   उनि पक्राउ परेका हुन् । सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट ६० हजार २ सय रूपैयाँ  पनि  बरामद गरिएको छ । नियन्त्रणमा रहेका उनीहरूलाई निर्वाचन अधिकृतको जिम्मा लगाइएको छ ।

 दुवै जना माथि थप अुनसन्धान भइरहेको  र निर्वाचन आचारसहिंता बिपरितका कार्य गरेकाले उनिहरु माथि  आवश्यक कारबाही गरिने  बताइएको छ ।  पक्राउ  परेका   दुवै  जना नेकपा एमालेका कार्यकर्ता रहेका बताइएको  छ ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update