Sagun Khabar
मतदान केन्द्रमा पुग्ने बित्तिकै अस्ताए बैतडीका बिष्ट 

बैतडी –स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने क्रममा बैतडीमा एकजनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ६ टुँडेगैरका ६८ बर्षीय कमलसिंह बिष्टको मृत्यु भएको हो । 

कृष्ण मावि पाटन मतदान केन्द्रमा पुग्ने बित्तिकै एक्कासी बेहोस भएका बिष्टलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा मृत घोषित गरिएको थियो । 

दम तथा अन्य रोगबाट पीडित बिष्टलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रमा लगिएको र मतदान गर्न नपाउँदै उनको मृत्यु भएको बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update