बझाङको जयपृथ्वीमा सत्तागठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, मतपत्र च्यातियो

बझाङ–बझाङको जयपृथ्वी नगरपालिका– ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।
झडपको परिस्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १२:३७
प्रतिक्रिया दिनुहोस्