Sagun Khabar
बैतडीको सुर्नयामा १०१ बर्षीया बोहराले गरिन् मतदान 

बैतडी –बैतडीमा १०१ बर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ सेलाकी हाँसी बोहराले मतदान गरेकी हुन् । 

भूमीराज आधारभूत विद्यालय मतदानकेन्द्रबाट उनले मतदान गरेकी सुर्नया गाउँपालिकामा कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार मञ्जु बोहराले बताइन् । मतदानमा सहभागी हुँदै बोहराले असल नेतृत्व छनौटका लागि आफूले मतदान गरेको बताइन् । 

आज बिहान मतदान केन्द्रमै पुगेर उनले मतदान गरेकी हुन् । उनले भनिन् ‘यो उमेरमा पनि आफ्ना प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्न पाएकी छु । मलाई निकै खुसी लागेको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update