Sagun Khabar
बैतडीमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, आजै रातिदेखि मतगणना गर्ने तयारी  

बैतडी –बैतडीमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । जिल्लाका सबै ठाउँमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । 

केही ठाउँमा समान्य झडप बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको कार्कीले बताए । सबै ठाउँबाट तथ्यांक आउन बाँकी रहेकाले कति मत खस्यो भन्ने अहिले एकीन नभएको उनले बताए । 

मतदानकेन्द्रहरुबाट मतपेटिका ढुवानी काम भईरहेको समेत मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । सबै ठाउँका मतपेटिका पुगेका ठाउँमा आजै रातिदेखि मतगणनाको तयारी समेत भएको उनले बताए । 

मतगणनाका लागि मतगणनास्थलमा आवश्यक सबै तयारी पूरा भईसकेको समेत उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update