Sagun Khabar
बैतडीमा ६७ प्रतिशत मत खस्यो, कहाँ कति ? 

बैतडी – स्थानीय तहको निर्वाचन अन्तर्गत बैतडीमा ६७.२२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ४८ हजार ६०६ मतदाता मध्ये ९९ हजार ८९६ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले बताए । जिल्लामा ५४ हजार ३९६ महिला र ४५ हजार ५ सय पुरुष मतदाताले मतदान गरेका छन् । 

जिल्लाको सबै भन्दा बढी पुर्चौंडी नगरपालिकामा ७१ प्रतिशत मतदाताले मतदान गरेका छन् । नगरपालिकामा १४ हजार ८७२ मतदाताले मतदान गरेका छन् । 

डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत अर्थात ९ हजार २९७, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत अर्थात ७ हजार ८०३, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत अर्थात ६ हजार ७३३,  मेलौली नगरपालिकामा ६६ प्रतिशत अर्थात ९ हजार ६१, र पाटन नगरपालिकामा ६६ प्रतिशत अर्थात १३ हजार ५६१ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत अर्थात ९ हजार ४४७, पञ्चेश्वर गाउँपालिकामा ६ हजार ६९७, दशरथचन्द नगरपालिकामा १३ हजार ५९१ र सिगास गाउँपालिकामा ८ हजार ५३४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update