Sagun Khabar
बैतडीको दनपामा राती साढे १२ बजेदेखि मतगणना हुने 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा आजै राति साढे १२ बजेदेखि मतगणना शुरु हुने भएको छ । सबै ठाउँको मतपेटिका पुगिसकेपछि बसेको सर्वदलीय बैठकले राति साढे १२ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । 

दशरथचन्द नगरपालिकाको कार्यालयमा दुई ठाउँमा मतगणना हुने उनले बताए । वडा नं १ र ११ बाट मतगणना शुरु गर्ने तयारी भएको कार्कीले बताए । दशरथचन्द नगरपालिकामा १३ हजार ५९१ मत खसेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  २३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update