बैतडीको सुर्नयामा राति १ बजेदेखि मतगणना

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा राति १ बजेदेखि मतगणना शुरु हुने भएको छ । सबै ठाउँको मतपेटिका पुगिसकेपछि बसेको सर्वदलीय बैठकले राति १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए ।
सुर्नया गाउँपालिकाको कार्यालयमा दुई ठाउँमा मतगणना हुने उनले बताए । वडा नं १ र ८ बाट मतगणना शुरु गर्ने तयारी भएको जोशीले बताए । सुर्नया गाउँपालिकामा ७ हजार ८०३ मत खसेको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ २३:५१
प्रतिक्रिया दिनुहोस्