Sagun Khabar
बैतडीको सुर्नयामा कांग्रेसको शुरुवाती अग्रता 

बैतडी –स्थानीय तहको निर्वाचनमा बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । वडा नं १ बाट मतगणना शुरु भएको हो । एक सय मतको परिणाम बाहिर आउँदा अध्यक्ष पदमा नेपाली कांग्रेसले ५७, नेकपा एमालेले १८ र एकीकृत समाजवादीले ११ मत पाएको छ । 

यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसले ३७, नेकपा माओवादी केन्द्रले १८ र राप्रपाले १६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए । 

यस्तै वडा नं १ मा एमालेले अग्रता लिएको छ । एक सय मतको परिणाम बाहिर आउँदा वडा अध्यक्ष पदमा एमालेले ३३, नेपाली कांग्रेसले ३३ र नेकपा माओवादी केन्द्रले १९ मत प्राप्त गरेको छ ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update