बैतडीको दनपामा एमालेलाई शुरुवाती अग्रता, पछ्याउँदै कांग्रेस

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । वडा नं ११ को दुई सय मतको परिणाम बाहिर आउँदा एमालेले मेयर १०९, उपमेयरमा ८५, वडा अध्यक्षमा ८४ मत ल्याएको छ ।
यस्तै नेपाली कांग्रेसले मेयरमा ७०, उपमेयरमा ८४ र वडा अध्यक्षमा ८४ मत ल्याएको छ । मतगणना कार्य जारी रहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०४:२६
प्रतिक्रिया दिनुहोस्