Sagun Khabar
बैतडीको सुर्नयामा दुईसय मत गणना गर्दा कांग्रेसको अग्रता कायमै, वडामा भने एमाले अघि 

बैतडी –स्थानीय तहको निर्वाचनमा बैतडीको सुर्नया गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । दुई सय मतको परिणाम बाहिर आउँदा अध्यक्ष पदमा नेपाली कांग्रेसले ११८, नेकपा एमालेले ३२ र एकीकृत समाजवादीले २१ मत पाएको छ । 

यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसले ६७, नेकपा माओवादी केन्द्रले ३७ र राप्रपाले ३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए । 

यस्तै वडा नं १ को अध्यक्ष पदमा भने एमालेको अग्रता कायमै छ । २ सय मतको परिणाम बाहिर आउँदा वडा अध्यक्ष पदमा एमालेले ६८, नेपाली कांग्रेसले ४३, राप्रपाले ४१ र नेकपा माओवादी केन्द्रले ३४ मत प्राप्त गरेको छ ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update