Sagun Khabar
बैतडीको पाटनमा एमालेको शुरुवाती अग्रता 

बैतडी –बैतडीको पाटनमा नेकपा एमालेले प्रमुख पदमा अग्रता लिएको छ । वडा नं ६ को २ सय मतको परिणाम बाहिर आउँदा नगरप्रमुखमा एमालेले ९४ मत ल्याएको छ भने नेपाली कांग्रेसले ८५ मत ल्याएको छ । यसैगरी राप्रपाले ४ मत लिएको छ । 

यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रले ९०, एमालेले ७४ र राप्रपाले ६ मत ल्याएको छ । 

वडा नं ६को वडा अध्यक्षमा भने कांग्रेसले अग्रता लिएको छ । २ सय मतगणना हुँदा नेपाली कांग्रेसले १ सय २, एमालेले ७१ र राप्रपाले ५ मत ल्याएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update