Sagun Khabar
बैतडीको शिवनाथमा गठबन्धनको अग्रता, एमाले पछ्याउँदै 

बैतडी –बैतडीको शिवनाथमा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । वडा नं १ को एक हजार मत गणना गरिसक्दा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउँदले ५१५ मत ल्याएका छन् भने एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हजारी साउँदले ३१५ मत ल्याएका छन् । 

यस्तै उपाध्यक्ष पदमा गठबन्धनका उपाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साउँदले ४०४ र एमालेकी शकुन्तला साउँदले ३४८ मत ल्याएकी छिन् । 

वडा नं १ मा कांग्रेसका उम्मेदवार बल्देवसिंह चाडले ५५९ मत ल्याएर अग्रता कायम राखेका छन् भने एमालेका देवसिंह साउँदले ३४९ मत ल्याएका छन् । मतगणना कार्य जारी रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update