Sagun Khabar
बैतडीको मेलौलीमा एमालेको शुरुआती अग्रता, कांग्रेस पछ्याउँदै 

बैतडी – बैतडीको मेलौलीमा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । वडा नं १ को चार सय दुई मत गणना हुँदा मेयरमा नेकपा एमालेले २०८, नेपाली कांग्रेसले ९६, नेकपा माओवादी केन्द्रले ७८, एकीकृत समाजवादीले एक र राप्रपाले एक मत प्राप्त गरेको छ । 

यस्तै उपमेयरमा एमालेले १५५, नेपाली कांग्रेसले १ सय ७, माओवादी केन्द्रले ९३ र राप्रपाले ६ मत प्राप्त गरेको छ । 
यस्तै वडा नं १ मा पनि एमालेकै अग्रता रहेको छ । एमालेले १३०, नेपाली कांग्रेसले ११८ र माओवादी केन्द्रले ७८ मत प्राप्त गरेको छ । यस्तै राप्रपाले २५ मत प्राप्त गरेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update