Sagun Khabar
बैतडीमा कांग्रेसको विजयी शुरुवात , शिवनाथ १ को वडा अध्यक्षमा प्यानल सहित चाड निर्वाचित 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बल्देवसिंह चाड विजयी भएका छन् । सात सय मत सहित उनी विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका देवसिंह साउँदले ४ सय ७० मत ल्याएका छन् । 

वडा सदस्यहरुमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका बताइएको छ । वडा नं १ को महिला सदस्यमा धनमती साउँद, दलित महिला सदस्यमा गंगा दमाई, खुल्ला सदस्यमा देवसिंह साउँद र मानसिंह साउँद विजयी भएका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update