बैतडीको पुर्चौंडीमा नेपाली कांग्रेसको शुरुवाती अग्रता

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । ८ सय मतको परिणाम आउँदा मेयरमा नेपाली कांग्रेसले ३ सय २५, नेकपा एमालेले २ सय १४ र नेकपा माओवादी केन्द्रले १ सय ९५ मत प्राप्त गरेको छ ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसले ३ सय २२, एमालेले २ सय ३१ र माओवादी केन्द्रले २ सय १२ मत प्राप्त गरेको छ । अहिले वडा नं १० को मतगणना भईरहेको हो । सो वडाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले २ सय ५५, माओवादी केन्द्रले २ सय ४० र एमालेले २ सय ५ मत प्राप्त गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ ०९:०७
प्रतिक्रिया दिनुहोस्