बैतडीको पाटनमा ५ सय मत गणना हुँदा प्रमुखमा एमालेको अग्रता,कांग्रेस पछ्याउँदै

बैतडी –बैतडीको पाटन नगरपालिकाको मेयरमा एमालेको अग्रता कायमै रहेको छ । वडा नं ६ को ५ सय मत गणना हुँदा एमालेले मेयरमा १८१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १७२ मत प्राप्त गरेको छ । यस्तै राप्रपाका उम्मेद्वारले ८ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा माओवादी केन्द्रले १६२, एमालेले १६० र राप्रपाले १० मत प्राप्त गरेको छ ।
वडा नं ६ मा भने नेपाली कांग्रेसको अग्रता देखिएको छ । वडा अध्यक्षमा नेपाली कांग्रेसले १९५, एमालेले १४४ र राप्रपाले १९ मत पाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १०:१९
प्रतिक्रिया दिनुहोस्