Sagun Khabar
बैतडीको पाटनमा गठबन्धनले अग्रता लियो 

बैतडी –बैतडीको पाटन नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । वडा नं ६ को ६ सय मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका गौरीसिंह रावलले २२५ मत प्राप्त गरेका छन् । एमालेका मेयरका उम्मेदवार नारायणसिंह भण्डारीले २ सय २० मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कमलसिंह बोहराले बोहराले २०८ मत ल्याएका छन् भने एमालेका हरु भट्टले १९६ मत ल्याएकी छिन् । यसअघि ५ सय मत गणना हुँदा मेयरमा एमालेको अग्रता रहेको थियो । वडा नं ६ को वडा अध्यक्षमा भने कांग्रेसले शुरुदेखि नै अग्रता लिएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update