Sagun Khabar
बैतडीको  सुर्नया २ मा राप्रपाको अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको  सुर्नया  गाउँपालिका  वडा नं  २  मा  राप्रपाले  अग्रता  लिएको छ ।   सय  मत गणना हुँदा अध्यक्ष पदमा  वडा नं २ मा  राप्रपाले ४२,  स्वतन्त्रले  २५, माओवादी केन्द्रले  १४ र नेपाली  कांग्रेसले ८ मत प्राप्त गरेको छ । अहिले सुर्नया गाउँपालिकाको वडा नं   २  र  ८ को मतगणना भइरहेको छ ।

सुर्नया गाउँपालिका वडा नं २  मा  एमाले र राप्रपा  गठबन्धन गरेर   चुनावमा होमिएका   थिए ।  यस्तै  माओवादी र एकीकृत समाजवादी पनि  गठबन्धन गरेर  चुनावमा गएको थियो । यो वडामा काँग्रेस एक्लै  चुनाव लडेको  छ  ।

 यो  वडा पूर्व  प्रधानमन्त्री लोकेन्द्र  बहादुर  चन्दको  वडा  पनि  हो  । यस अघि ७४ को चुनावमा  यो वडामा राप्रपाले  जितेको  थियो । 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update