Sagun Khabar
बैतडीको दनपामा मेयरमा एमाले र उपमेयरमा कांग्रेसको अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाको मेयर पदमा एमालेको अग्रता कायमै रहेको छ । वडा नं ११ को ७२२  र वडा नं १ को ११ सय गरी १८२२ मत गणना गरिसक्दा मेयरमा एमालेका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ)ले ८८५ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले ७७६ मत ल्याएका छन् । 

यता उपमेयरमा भने कांग्रेसकी उम्मेदवार कौशिला चन्दले ८५० मत ल्याएकी छिन् भने एमालेकी उम्मेदवार सरस्वती नेपालीले ७८२ मत ल्याएकी छिन् । 

दशरथचन्द नगरपालिका वडा नं १ मा भने कांग्रेसको अग्रता कायमै छ । ११ सय मत गनिसक्दा कांग्रेसका भुवनराज भट्टले ४९७ र एमालेका विष्णुदत्त भट्टले ४८९ मत ल्याएका छन् । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update