बैतडीको दोगडाकेदार र पञ्चेश्वरमा मतगणना सुरु

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्बदलिय बैठक सम्पन्न भएर अहिले पालिकामा मतगणना सुरु भइसकेको बताइएको छ ।
१२ बजेर ४० मिनेटबाट पालिकामा मतगणना सुरुभएको हो । दोगडाकेदारमा वडा नं १ बाट गणना भइरहेको छ । यस्तै पञ्चेश्वर गाउँपालिकमा पनि मतगणना सुरु भएको छ । अहिले वडा नं ६ बाट मतगणना भइरहेको एमाले नेता दशरथ मंगोलाले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्